रातोखरी

लाइसेन्स नभएका दुई पाङ्ग्रेका चालकले दुर्घटना गराए लापरबाही नहुने

काठमाडौं । सर्वोच्च अदालतले दुई पाङ्ग्रे सवारी चालकले गराएको दुर्घटनालाई लापरबाही मान्न नसकिने बताएको छ । सर्वोच्चका ५ जना न्यायाधीश सम्मेलित पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका दुई पाङ्ग्रे सवारी चालकले गराएको दुर्घटनाबारे नयाँ नजिर स्थापना गरेको हो । सर्वोच्चले दुई पाङ्ग्रेका चालकको लाइसेन्स नहुँदा पनि सवारी चलाएर दुर्घटना भए त्यसलाई ‘लापरबाही’ मान्न नसकिने सोमबार जारी पूर्णपाठमा उल्लेख छ । न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा, कुमार

लडाकु शिविरमा घोटाला भएको छैन: उपाध्यक्ष महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा कुनै घोटाला नभएको जनाएको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले लडाकु शिविरमा घोटाला नभएको प्रष्ट्याएको हुन् । पार्टीको समसामयिक विषयमा जानकारी गराउन आयोजिक पत्रकार सम्मेलनमा उपाध्यक्ष महराले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन र समायोजनको जिम्मा राज्यले लिएको बताए । उपाध्यक्ष महराद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘यसका दुईटा पक्ष छन् । पहिलो ५ महिना शान्ति प्रकृयालाई सार्थक

सबैको साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको हो : अध्यक्ष ठकुरी

काठमाण्डौं । सम्पुर्ण सरोकारवालाहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टि.एस.ठकुरीले बताएका छन । नेपालगन्ज म्याराथनलाई एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणित र सदस्यता प्राप्त भएपछि आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । इटरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट नेपालगन्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र नायक राजेश हमालले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाण्डौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइएको छ । निर्वाचन आयोगका अनुसार बुधवार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । आयोगले तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको छ ।

लोसपाको घोषणापत्र सार्वजनिक

काठमाण्डौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमार्फत लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । संविधान निर्माण प्रक्रिया र परिणाम दुवै अर्थमा त्रुटिपूर्ण भएको लोसपाको जिकिर छ । पहिचानसहितको संघीयता, लोकतान्त्रिक समाजवाद, समानुपातिक प्रतिनिधित्व एवं सहभागिता, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, स्वतन्त्र र समावेशी न्यायपालिका,

सकियो संसद् विघटनको वहस, सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनबारे पक्ष–विपक्षको बहस सकिएसँगै सुरक्षा निकाय ‘हाई अलर्ट’मा बसेका छन् । सरकारको सिफारिसमा गएको ५ पुसमा संसद् विघटन भएको थियो । बहस सकिएपछि ढिलोमा आउँदो शुक्रबारसम्म सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश वा विघटनलाई नै सदर सम्बन्धमा फैसला सुनाउने बताइएको छ । यस्तोमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको उच्च सुरक्षा अधिकारी बताउँछन् । चारवटै सुरक्षा निकायले राजधानी काठमाडौंको सुरक्षामा विशेष ध्यान दिएका

ललाइफकाई भारततर्फ लैजाँदै गरिएकी महिलाको डोकेबजारबाट उद्धार

कन्चनपुर । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट बिहीबार उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । उनका अनुसार उद्धार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका

सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका कार्यालय प्रमुख सहित चार कर्मचारी घुस रकमसहित पक्राउ

काठमाडौं । सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहितका चार कर्मचारी घुससहित पक्राउ परेका छन् । स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा निमित्त कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव–इन्जिनियर प्रेमकुमार बराल र ह.स.चा. मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको नगद एक लाख नब्बे हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने प्रथमलाई २० लाख पुरस्कार

काठमाडौं । लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ स्लोगनसहित सुरु हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन आजबाट सुरु भएको छ । फागुन १ बाट सुरु डिजिटल अडिसन ८ गतेसम्म सकिने छ । सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको समूह बनाएर कम्तिमा ४/४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ । नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘दोहोरी च्याम्पियन’का प्रथमले २० लाख,

शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ स्थित श्री हिमाल आधारभूत बिद्यालय मिर्चैयाको ३ कोठे नयाँ भबनको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले एक कार्यक्रमकाबीच उक्त भबनको उदघाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री विकले समाज परिबर्तन र देश बिकासका लागी शिक्षा पहिलो आधार भएको बताउँदै शिक्षा क्षेत्र लाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहि पनि बालबालिका अभाब र गरीबीका कारण बिधालयबाट टाढा र शिक्षाबाट