रातोखरी

लमजुङमा पहिरोले ३ घर बगाउदा ४ जना बेपता

लमजुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोले लमजुङमा घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको उनले बताए । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी,

सन्दीप लामिछानेले लिए टी २० आईमा १०० विकेट 

सन्दीप लामिछानेको टि ट्वान्टी आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टि ट्वान्टी विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टि ट्वान्टीमा सयौं विकेट पूरा गरेका हुन् ।  टि ट्वान्टी आईमा यो सन्दीपको ५४ औं खेल हो । टि ट्वान्टी आईमा सयौं विकेट पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।विश्व कपमा उनको यो दोस्रो खेल हो

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाको मृत्यु

एजेन्सी । मलावीका उपराष्ट्रपति सालोस चीलीमाको विमान दुर्घटनामा मृत्यु भएको छ । उपराष्ट्रपति चीलीमासहित ९ जनाको विमान दुर्घटनामा मृत्यु भएको हो । चीलीमासहित विमानमा सवार कोही पनि जिवित नभेटेको मलावीका राष्ट्रपति लजारस चकवेराले पुष्टि गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार चीलीमा सवार विमान उडान भरेको केही बेरमै सम्पर्कबिहीन भएको थियो । विमानमा उपराष्ट्रपतिसहित अन्य ९ जना सवार थिए । विमानमा सवार कोही पनि जिवित फेला नपरेको बताइएको छ ।

शैक्षिक संस्थाहरुमा चन्दा माग्दै हिड्ने २ जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा पूर्वका केही जिल्लाका शैक्षिक संस्थाहरुमा चन्दा माग गर्दै धम्की दिने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाँउपालिका १ गजुरमुखी घर भई हाल काठमाडौंस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षका प्रविण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय विपिन अधिकारी रहेका छन् । उनीहरुले विगत केही समयदेखि मोरङ लगायतका जिल्लामा रहेका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा

विमानस्थलका डीआईजी चन्दले लिए राजीनामा फिर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् । उनले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएको बताइएको छ । केही समय अगाडि उनले राजीनामा दिएका थिए । उनले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

लोकप्रिय रेडियोकर्मी डियर कल्याणलाई मातृ शोक

काठमाडौं । लोकप्रिय रेडियोकर्मी डियर कल्याण(कल्याणराज गौतम) लाई मातृ शोक परेको छ । जीवनको यथार्थ घटनालाई कथाद्धारा रेडियोबाट बाचन गरी लाखौ स्रोताहरुको मनमा बस्न सफल रेडियोकर्मी गौतमकी आमा नमादेवी गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । दाङस्थित आफ्नै निवासमा गौतमको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हाल ईमेज एफ.एम. बाट प्रसारण भैरहेको कार्यक्रम डियर कल्याणका प्रस्तोता गौतमकी आमा नेपालका बाइसे/चौबिसे राज्य मध्येको अन्तिम राज्य उदयपुर (प्युठान) का अन्तिम

विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम

विदेश घुम्न जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । ‘वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले

विराटनगरमा ३५ किलो चाँदीसहित तीन जना पक्राउ

विराटनगर । सुन चाँदीका गहना चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । विराटनगर क्षेत्रमा श्रुँखलाबद्ध चोरी कार्यमा संलग्न उनीहरुको साथबाट प्रहरीले ३५ किलो चाँदी बरामद गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको विराटनगर महानगरपालिका–१२ वस्ने वर्ष २१ को राजकुमार कामत, वर्ष १९ वर्षका विवेक कामत र वर्ष २२ को श्रीकान्त दास रहेका छन् । उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम सुन, भारतीय रुपैयाँ २ हजार पाँच

शरणार्थी प्रकरणमा ओलीका स्वकीय सचिवदेखि आईजीपीसम्म मुछिए

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । त्यसका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा यस प्रकरणमा जोडिएर नयाँ नामहरु बाहिर आएका छन् । पक्राउ परेका १६ मध्ये केहि आरोपाीले बयानका क्रममा अन्य