रोशी खोलामा फसेका ५ गाडी र यात्रुको उद्धार


  • रोशी खोलामा फसेका ५ गाडी र यात्रुको उद्धार
  • काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका-७ चारसय बेसीस्थित रोशी खोलामा फसेका पाँच वटा गाडी र यात्रुको उद्धार गरिएको छ।

    सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार रोशीमा पानीको सतह बढ्न गई सडक कटान भएको थियो।

    बाटो पूर्ण रूपमा अवरोध भएपछि पाँच वटा हायस र ६०/६५ जना यात्रु फसेका थिए। उनीहरूलाई सशस्त्र प्रहरीले डोरी र डोजर/एक्स्काभेटरको माध्यमबाट उद्धार गरेको हो।



  • गाडी र यात्रु खोलामा फसेको जानकारी पाउनासाथ नम्बर १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेस भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै खटिएको थियो।

    त्यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग सडक खण्डमा रोशी गाउँपालिका-७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेका १५० वटाभन्दा बढी सवारी साधन रोकेर राखिएको डिएसपी थापाले जानकारी दिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *