उत्कृष्ट प्रहरी नै घुससहित पक्राउ


  • उत्कृष्ट प्रहरी नै घुससहित पक्राउ
  • पोखरा । कास्कीमा उत्कृष्ट प्रहरीका रूपमा सम्मानित एक हवलदार घुससहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार साँझ रंगेहात नियन्त्रणमा लिएको हो।

    अख्तियारका अनुसार उनले लागूऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रकम मागेका थिए। सोही क्रममा ५० हजार रुपैयाँ लिँदै गर्दा उनलाई पक्राउ गरिएको जनाइएको छ। स्रोतका अनुसार उक्त मुद्दा मिलाउन करिब ३ लाख रुपैयाँसम्मको डिल भएको थियो।



  • थापा यसअघि २०८१ सालमा उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित भएका थिए। उनले सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणका मुद्दामा अनुसन्धान गर्दै राम्रो काम गरेको भन्दै कास्की प्रहरीले उनलाई सम्मान गरेको थियो।

    हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *