अमेरिकी अदालतमा मादुरोद्धारा सबै आरोप अस्वीकार


  • अमेरिकी अदालतमा मादुरोद्धारा सबै आरोप अस्वीकार
  • एजेन्सी । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोले आफुमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका छन् ।

    संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।



  • उनले अदालतमा न्यायाधीश समक्ष अहिले पनि आफू नै भेनुजुएलाको राष्ट्रपति रहेको बताएका छन् । मादुरोले भने, ‘म निर्दोष छु । म दोषी होइन । म राम्रो मान्छे हुँ र आफ्नो देशको राष्ट्रपति हुँ ।’ त्यसपछि अदालतले मादुरोको मुद्दामा मार्च १७ मा अर्को सुनुवाइ हुने जनाएको छ ।

    लागूऔषध तस्करी गरेको आरोपमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासबाट पक्राउ गरेर मादुरोलाई न्यूयोर्क ल्याएको थियो । सोमबार नीलो जेल पोशाकमा मादुरो र उनकी पत्नीलाई अदालतमा उपस्थित गराइएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *