सुनसरीमा गोली लागेर सर्वसाधारणको मृत्यु


  • सुनसरीमा गोली लागेर सर्वसाधारणको मृत्यु
  • सुनसरी । सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार राति करिब १ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली लागेर साहको ज्यान गएको हो ।



  • घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *