रमेश लेखकको बयान-जेनजी आन्दोलनमा घुसपैठ भयो


  • रमेश लेखकको बयान-जेनजी आन्दोलनमा घुसपैठ भयो
  • काठमाण्डौ । जेनजी आन्दोलनमा तत्कालीन गृहमन्त्री रमेश लेखकले असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४ को घटना गराइएको बताएका छन् । 

    जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

    ‘जेनजी पुस्ताले असल मुद्दा र असल मनासायसहित २३ भदौमा प्रदर्शन आयोजना गरेका थिए । माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वर पुग्दानपुग्दै घुसपैठ भयो,’ उनले भने, ‘प्रदर्शनमा घुसपैठ भएको कुरा युवा पुस्ताका भाइबहिनीहरूले नै आन्दोलन हाइज्याक भयो भनेर घर फर्कन आह्वान गर्नुले पुष्टि हुन्छ । यसरी आन्दोलन हिंसात्मक बनाइयो, जसका कारण दुस्खद घटना हुन पुग्यो । धेरैको मृत्यु भयो, धेरै घाइते हुनुभयो ।’



  • "मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने लिखित मौखिक कुनै आदेश दिएको छैन। यति बल प्रयोग गर्ने भनेको छैन," लेखकले पत्रकार सम्मेलनमा भने।

    "मैले पदीय नैतिकताको आधारमा राजीनामा दिएको हो।"

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *