कार्यवाहक नेतृत्वको प्रशंसा गर्दै संयमित रहन सभापति लामिछानेको आग्रह


  • कार्यवाहक नेतृत्वको प्रशंसा गर्दै संयमित रहन सभापति लामिछानेको आग्रह
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीलाई संगठित र अनुशासित रूपमा सम्हालेको भन्दै कार्यवाहक सभापति डीपी अर्यालको नेतृत्व क्षमताको प्रशंसा गरेका छन । आइतवार अपरान्ह पार्टीको केन्द्रीय कार्यालयमा लामिछानेको सभापतित्वमा सम्पन्न पार्टीको बैठकमा उनले उक्त कुरा बताएका हुन ।

    बैठकमा पार्टीका केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न जिम्मेवारीमा रही काम गरेका सबै नेता तथा कार्यकर्ताप्रति लामिछानेले आभार व्यक्त गरे।

    लामिछानेले हालको अवस्थाप्रति सचेत रहन आग्रह गर्दै भने, “हामी उत्साहित हुन सक्छौँ तर यो उत्सव मनाउने समय होइन। अझै धेरै संघर्ष र जिम्मेवारी बाँकी छन्।” उनले पार्टीका सबै तहका जिम्मेवार पदाधिकारी र सदस्यलाई संयमित र अनुशासित रहन आग्रह गरे।



  • बैठकका क्रममा लामिछाने भावुक समेत बने। उनले एक प्रसङ्ग सुनाउँदै कार्यवाहक सभापति डीपी अर्याल आफूलाई भेट्न नख्खु कारागार पुगेको घटनाको उल्लेख गरे।

    लामिछानेका अनुसार, त्यस भेटमा अर्यालले भनेका थिए, “पार्टीको नेतृत्व कार्यवाहकलाई दिएको जस्तै कारागारको बसाइ पनि कार्यवाहकलाई दिन मिल्दैन? यदि मिल्छ भने म तपाईंको सट्टा भित्र बस्न तयार छु। देशलाई अहिले तपाईंको खाँचो छ, तपाईं बाहिर जानुहोस्।”

    उक्त प्रसङ्गले बैठकमा भावनात्मक वातावरण सिर्जना भएको सहभागी नेताहरूले बताए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *