सालपा विकास बैंकको आईपीओ निष्कासन


  • सालपा विकास बैंकको आईपीओ निष्कासन
  • काठमाडौं। सालपा विकास बैंकले आज बिहीवारदेखि आईपीओ निष्कासन गरेको छ । बैंकले पहिलो चरणअन्तर्गत सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको हो ।

    बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो ।



  • जसमध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *