काठमाण्डौ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर भएका छन्।
प्रहरी प्रधान कार्यालयले आज शुक्रबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर भएका छन्।

आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।



