विशेष समाचार

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाण्डौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइएको छ । निर्वाचन आयोगका अनुसार बुधवार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । आयोगले तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको छ ।

लोसपाको घोषणापत्र सार्वजनिक

काठमाण्डौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमार्फत लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । संविधान निर्माण प्रक्रिया र परिणाम दुवै अर्थमा त्रुटिपूर्ण भएको लोसपाको जिकिर छ । पहिचानसहितको संघीयता, लोकतान्त्रिक समाजवाद, समानुपातिक प्रतिनिधित्व एवं सहभागिता, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, स्वतन्त्र र समावेशी न्यायपालिका,

सकियो संसद् विघटनको वहस, सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनबारे पक्ष–विपक्षको बहस सकिएसँगै सुरक्षा निकाय ‘हाई अलर्ट’मा बसेका छन् । सरकारको सिफारिसमा गएको ५ पुसमा संसद् विघटन भएको थियो । बहस सकिएपछि ढिलोमा आउँदो शुक्रबारसम्म सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश वा विघटनलाई नै सदर सम्बन्धमा फैसला सुनाउने बताइएको छ । यस्तोमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको उच्च सुरक्षा अधिकारी बताउँछन् । चारवटै सुरक्षा निकायले राजधानी काठमाडौंको सुरक्षामा विशेष ध्यान दिएका

ललाइफकाई भारततर्फ लैजाँदै गरिएकी महिलाको डोकेबजारबाट उद्धार

कन्चनपुर । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट बिहीबार उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । उनका अनुसार उद्धार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका

सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका कार्यालय प्रमुख सहित चार कर्मचारी घुस रकमसहित पक्राउ

काठमाडौं । सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहितका चार कर्मचारी घुससहित पक्राउ परेका छन् । स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा निमित्त कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव–इन्जिनियर प्रेमकुमार बराल र ह.स.चा. मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको नगद एक लाख नब्बे हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने प्रथमलाई २० लाख पुरस्कार

काठमाडौं । लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ स्लोगनसहित सुरु हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन आजबाट सुरु भएको छ । फागुन १ बाट सुरु डिजिटल अडिसन ८ गतेसम्म सकिने छ । सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको समूह बनाएर कम्तिमा ४/४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ । नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘दोहोरी च्याम्पियन’का प्रथमले २० लाख,

शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ स्थित श्री हिमाल आधारभूत बिद्यालय मिर्चैयाको ३ कोठे नयाँ भबनको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले एक कार्यक्रमकाबीच उक्त भबनको उदघाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री विकले समाज परिबर्तन र देश बिकासका लागी शिक्षा पहिलो आधार भएको बताउँदै शिक्षा क्षेत्र लाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहि पनि बालबालिका अभाब र गरीबीका कारण बिधालयबाट टाढा र शिक्षाबाट

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार ४४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० हजार ७०२ जनाको

वाग्मती प्रदेशले प्रहरीलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउदै

काठमाडाैं । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र भएका नेपाल प्रहरीका विभिन्न एकाइलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रहरीका लागि १२ गाडी र २२ मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । बैठकले स्थानीय तहमार्फत कार्यक्रम कार्यान्वय गराउने तथा विभिन्न खालको योगदान दिने निर्णय गरेको छ । त्यस्तै सरकार स्थापनाको तीन वर्ष पुगेका

लोकतन्त्रको पक्षमा निर्णय नभए आँधीहुरी आउने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुन:स्थापनाका पक्षमा अदालतले फैसला नगरे आँधीहुरी आउने बताएका छन्। उनले अप्रत्यक्ष रूपमा सर्वोच्च अदालतमाथि दबाब बढाउँदै ‘ग्रिन रिभुलुसन’ हुने बताए। उनले भने, ‘तपाईंहरू ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा निर्णय दिनुहुनेछ। जनताको आकांक्षा विपरीत केही काम गरियो भने राम्रो हुँदैन। यो बिद्रोहमा परिणत भयो भने के हुन्छ?’ यदि लोकतन्त्र (प्रतिनिधि सभा पुन:स्थापना)को पक्षमा निर्णय नभए आँधीहुरी आउने उनको चेतावनी