विशेष समाचार

आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। युके र अष्ट्रेलिया पठाइदिने भन्दै रकम उठाएर फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।  पक्राउ परेका व्यक्तिहरूमा ललितपुर महानगरपालिका–४ बस्ने, बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका–१३ बस्ने, प्युठान गौमुखी गाउँपालिका–४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन्।

विषाक्त खाना खाँदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । बाराको सिम्रौनगढमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । विषाक्त खाना (फूड प्वाइजन)को कारण सिम्रौनगढ नगरपालिका– ७ झवानी टोल निवासी नरेश रामका तीन जना छोराछोरी ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन रामको मृत्यु भएको हो । घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरु शनिबार राति सिकिस्त बिरामी भएका थिए ।बिरामी भएपछि अस्पताल लगिएका उनीहरुको सोमबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी

वर्षाका कारण बागमती नदी किनाराका बस्तीहरू डुबानमा

काठमाडौँ । मंगलवार रातीबाट आएको अविरल वर्षाका कारण काठमाडौँ बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।  बागमती  र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको

वालिङ् नगर ईकाईको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पगेंनी निर्वाचित

दर्शन सुनार/कतार । स्याङ्जा सहयोग समाज कतार वालिङ नगर ईकाईले तेश्रो अधिवेशन सम्पन्न गरेको छ  । वालिङ् नगर ईकाईका अध्यक्ष बिष्णु पगेंनीको सभापतित्व तथा स्याङ्जा सहयोग समाजका अध्यक्ष प्रकाश् परियारको प्रमुख आतिथ्यतामा सम्पन्न तेश्रो अधिवेशनबाट आगामी कार्यकालको लागि अध्यक्षमा पुन: बिष्णु प्रसाद पगेंनीको नेतृत्वमा सर्वसम्मत २५ सदस्यीय कार्यसमिति चयन भएको छ । प्रथम उपाध्यक्षमा जित बहादुर थापा,दित्तिय उपाध्यक्षमा ईश्वरी ढुङ्गाना,तृतीय उपाध्यक्षमा दिपक पगेंनी,सचिबमा नारायण गैरे सह- सचिबमा डोलराज पगेंनी,कोषाध्यक्षमा नारायण क्षेत्री

लुम्बिनीका मुख्यमन्त्रीसहित १० मन्त्रीको सपथ आज

नेपालगंज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसका १० मन्त्रीहरुले आज बुधवार शपथ ग्रहण लिँदैछन् । लुम्बिनीको मुख्यमन्त्रीमा सोमबार आचार्य नियुक्त भएका हुन् । उनीहरुको अहिले बिहान १० बजे सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । मंगलबार राती मात्रै दुवै दलले मन्त्रीको नाम टुंगो लगाएकाे हो । एमालेका

वर्षाका कारण बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ  जाने सवारी साधन आवतजावत  ठप्प भएको छ ।   जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम

लमजुङमा पहिरोले ३ घर बगाउदा ४ जना बेपता

लमजुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोले लमजुङमा घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको उनले बताए । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी,

सन्दीप लामिछानेले लिए टी २० आईमा १०० विकेट 

सन्दीप लामिछानेको टि ट्वान्टी आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टि ट्वान्टी विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टि ट्वान्टीमा सयौं विकेट पूरा गरेका हुन् ।  टि ट्वान्टी आईमा यो सन्दीपको ५४ औं खेल हो । टि ट्वान्टी आईमा सयौं विकेट पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।विश्व कपमा उनको यो दोस्रो खेल हो

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाको मृत्यु

एजेन्सी । मलावीका उपराष्ट्रपति सालोस चीलीमाको विमान दुर्घटनामा मृत्यु भएको छ । उपराष्ट्रपति चीलीमासहित ९ जनाको विमान दुर्घटनामा मृत्यु भएको हो । चीलीमासहित विमानमा सवार कोही पनि जिवित नभेटेको मलावीका राष्ट्रपति लजारस चकवेराले पुष्टि गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार चीलीमा सवार विमान उडान भरेको केही बेरमै सम्पर्कबिहीन भएको थियो । विमानमा उपराष्ट्रपतिसहित अन्य ९ जना सवार थिए । विमानमा सवार कोही पनि जिवित फेला नपरेको बताइएको छ ।