आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। युके र अष्ट्रेलिया पठाइदिने भन्दै रकम उठाएर फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा ललितपुर महानगरपालिका–४ बस्ने, बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका–१३ बस्ने, प्युठान गौमुखी गाउँपालिका–४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन्।









