रवि लामिछानेलाई चितवनबाट रुपन्देही लगिँदै


  • रवि लामिछानेलाई चितवनबाट रुपन्देही लगिँदै
  • काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिँदैछ । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि उनी  बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका छन् । उनलाई प्रहरीको गाडीमा रुपन्देही लान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक जना अधिकृतले बताए । लामिछानेसँग केन्द्रीय कारागारका डीएसपी जेसी शाह पनि गएका छन् । 



  • उनलाई शुक्रवार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै छ । शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका कारण लामिछाने लामो समय विमानस्थलमा रोकिएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *